विदेशको सिप स्वदेशको कमाई, क्याफेबाटै उन्नती

सन्त कुमार श्रेष्ठ 
बुटवल । विदेशलाई नै सर्वथोक मानेर विदेशिने युवाहरुको जमात बढीरहेको समयमा बुटवलका एक युवा भने स्वदेशमा नै क्याफे सञ्चालन गरेर उन्नती गरिरहेका छन् ।स्वदेशमा बसेर केही गर्छु भन्ने अठोटका साथ बुटवलको सुख्खानगर स्थित प्रविण पौडेलले विगत एक बर्षदेखि भिटामिन बेकरी एण्ड क्याफे सञ्चालन गरेर नयाँ तौरमा आम्दानी गरिरहेका छन् ।

स्वदेशीमाटोमा क्याफेका माध्ययमबाट उद्यम गर्ने यो रहर उनमा कसरि पलायो ? उनि भन्छन्, स्वतन्त्र व्यवसाय मेरो सानै देखिको रहर थियो । केहि समय विदेश बसेर आएकाले सिप त्यही सिके । अहिले त्यहीँ सिपको प्रयोग गरिरहेको छु ।

भिटामिनको व्यवस्थापन र सेवालाई हेर्दा उनले भनेको कुरा सहि ठहर्छ । क्याफे पुग्दा विदेशी क्याफेमा छिरेजस्तो अनुभुत हुने त्यहाँ आउने उपभोक्ता बताउँछन् ।

प्रविनले विदेशमा १० बर्ष विताए । बहराइन ३ बर्ष र युएईमा ७ बर्ष विताएका हुन् । बहराईनमा रहँदा अर्गा्निक हेल्थ फुड्समा कार्यरत भएको कारणले विदेशमा भएको आफ्नो सिपलाई स्वदेशमा प्रयोगमा ल्याउन सफल भएका छन् ।

पहिले युएई र बहराइन रोजगारको सिलसिलामा गएका उनी अहिले बुटवलमा एक उदाहरणीय युवाको रुपमा आफुलाई चिनाउन सफल भएका छन ।

उनी भन्छन स नेपालमा धेरै सम्भावनाहरु भएता पनि त्यो अवसरलाई चिन्न नसक्नु दुर्भाग्यपुर्ण रहेको उनले अलि भाबुक मुन्द्रामा हामी संग गफिए । अहिले एक बर्षको अन्तरालमा बुटवलका विभिन्न ठाउँहरु बाट बर्डे केक , भिटामीन मस्म बढी मात्रामा माग आएको कारण आफुलाई त्यो माग थेग्न गार्हो परेको उनले बताए । उनी बताउछन् मेरो धर्म पत्नीले मलाई पुर्ण रुपमा साथ दिएकि छिन त्यहि कारणले गर्दा आज यो स्थान छु । विहान सबैरे उठेर काममा लाग्छु । राती अवेरमात्रै घर फर्कन्छु ।

 
 
  
 

You may also like