तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप सहभागी हुने खेलाडीलाई बिधाई

बुटवल ।लुम्बिनी प्रदेशका मुख्य मन्त्री माननीय शंकर पोखरेले नेपाल डोरीतान संघ लुम्बिनी प्रदेशबाट सुनसरीको दुहबी चैत्र २६ र २७ मा आयोजना हुने तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई मन्त्रालयमा एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।

उक्त कार्यक्रममा डोरितान लुम्बिनी प्रदेश अध्यक्ष नवराज खरेलले डोरितान खेलको लुम्बिनी प्रदेशको अवस्था बारे मुख्य मन्त्रीलाई जानकारी गराउनु हुँदै गत साल पनि उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशले सहभागी जनाएको र उतकृस्ट खेल प्रदर्सन गरेको बताउनु भएको थियो ।

कार्यक्रममा डोरितान संघ केन्द्रिय सदस्य एवं कपिलवस्तु जिल्ला अध्यक्ष मिनराज बेलबासे, प्रदेश सदस्य दिपक नौउपाने , बुटवल नगर खेलकुद सदस्य प्रेमबहादुर बस्नेत लगायत खेलमा सहभागी खेलाडी टिमलाई जितको सुभकामना दिदै मुख्य मन्त्रीले बिधाइ गर्नु भयको थियो ।

 
 
  
 

You may also like