………र बिधार्थीहरुले ताली पिटिरहे !

दिपक न्यौपाने
बुटवल । रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ७ एकताटोलका बर्ष ७ का अनिश चौधरी बर्खायाममा स्कुल जादा आउदा ५० बर्षअगाडी देखी बनेको काठेपुल तर्न धौ ,धौ मान्ने गर्दथे ।

पानी परेको र अन्य समयमा त उनी कती पटक लडेपनी । चौधरीमात्र होइन जनजागरण र एकता टोलका आसपासका झण्डै १०० बिधार्थीहरु त्यो काठेपुल तरेर बिधालय जादा सधै खिन्न देखिन्थे ।

शुक्रबार भने बिधार्थीसगै उनका अभिभाबकहरुमा छुट्टै खुसी देखिन्थ्यो । उनीहरुमा खुसी देखिनुको एउटै कारण थियो – सोहि ठाउमा पक्कि पुलको शिलन्यास ।

जब सो पुलको एक कार्यक्रमका बिच सैनामैना नगरपालीकाका नगरप्रमुख चित्रबहादृुर कार्कीले शिलन्यास गरे सो स्थानमा शिलन्यास कार्यक्रममा उपस्थित भएका झण्डै ५० जना साना बालबालीकाहरुले ताली पिटीरहेको दृश्य बडो गजबको थियो ।
सैनामैना ७ को जनजागरण टोल बिकास संस्था र एकता टोल बिकास संस्थालाइ जोड्ने उक्त पक्कि पुलले त्यहाका सर्बसाधारण त औधी खुसी देखिन्छन नै बिधाथीहरुमा भने अब छिट्टै पुल बन्नेदेखी खुसीको सिमाना थिएन ।

सोही वडाका वडा अध्यक्ष कृष्णप्रसाद बेलवासेले स्कुल आउदा बिधार्थीहरु काठेपुलबाट लडेर घाइते भएको स्मरण गर्दैै नगरपालीकाको बिशेष पहलमा पक्की पुल बन्न लागेको बताए ।

स्थानीय होमनाथ अर्यालले पनी अर्कोबर्ष पक्कि पुलबाट यात्रा गर्न पाइने भन्दै त्रासपुर्ण र कस्टकर यात्रा हट्ने बिश्वास ब्यक्त गरे ।
५० लाखको बजेट योजनामा बन्न लागेको पुल अर्को बर्ष सम्पन्न हुने सैनामैना नगरपालीकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । पुलको यस बर्ष हेडवालको मात्र काम हुने इन्जिनियर चिरन्जिबी पाण्डेले बताए ।

 
 
  
 

You may also like