नेकपाको एकता राष्ट्रिय अभियानको प्रथम जिल्लास्तरीय भेला बुटवलमा सम्पन्न

विष्णु घिमिरे
बुटवल। नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको प्रथम जिल्लास्तरीय भेला बुटवलमा सम्पन्न भएको छ । महेन्द्र अर्यालको अध्यक्षयतामा बसेको भेलाले रुपन्देहि जिल्ला इन्चार्ज महेन्द्र अर्याल सहइन्चार्ज डिल्लीराज भट्रराई जिल्ला संयोजकमा पशुपति पौडेल, सहसंयोजकमा राधेश्याम गुप्ता, सचिवमा भोजबहादुर खड्का गरि ६१ सदस्य कमिटि निमार्ण गरिएको छ । अर्यालले यो अभियानलाई निरन्तर वढाउंदै लैजाने बताउनुभयो ।

कार्यक्रममा एकता केन्द्रका सचिव बाबुराम थापाले एकता नभइकन परिवर्तन सम्भव नभएको बताउनुभएको छ । अहिलेको अबस्थामा सबै बामपन्थी एकजुट भएर अगाडि बढ्नुपर्ने थापाले बताउनुभयो । उहांले दुईबटा कम्यूनिस्ट पार्टी मिलेर बनेको नेकपा नेताहरुको भागवण्डाका कारण फुटेको बताउंदै कम्यूनिस्ट पार्टीलाई एकबद्धताका साथ अगाडि बढाउन देशव्यापि रुपमा यो अभियान संचालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बागमति अच्चल प्रशिक्षण बिभाग उपप्रमुख ओम प्रकास उपाध्यय, केन्द्रिय सदस्य भविश्बर अर्याल, केन्द्रिय सदस्य लक्षमण खडकालगायतले मन्तव्य राखेका थिए । भेलाले रुपन्देहि जिल्ला युवा इन्चार्जमा रामराजा तिवारि, जिल्ला संयोजक कृष्ण बस्नेत सचिवमा चन्द्र घिमिरेलाई चयन गरेको छ भने महिला जिल्ला संयोजकमा बिमला खड्का, सहसंयोजक मज्जु पौडेललाइ मनोनित गरिएको छ ।

कार्यक्रम पशुपति पौडेलको संचालन तथा प्रेम शर्मा काफ्लेको स्वागतसंगै रुपन्देहि जिल्ला इन्चार्ज महेन्द्र अर्यालको अध्यक्षयतमा भएको थियो ।

 
 
  
 

You may also like