कामना सेवा बैंकद्वारा अटो भिलेजका अटो व्यावसायिलाई क्युआर कोड वितरण

२० चैत्र २०७७, शुक्रबार

बुटवल।कामना सेवा विकास बैंकले नेपालकै नमुना अटो भिलेज मैनावगरका अटो व्यवसायीहरुलाई क्यू आर कोड वितरण गरेको छ ।बुटवल अटो इन्जिनियरिङ एशोसियसनको रजत जयन्ती वर्षको उपलक्ष्यमा आयोजित मूल समारोहमा क्यू आर कोड वितरण गरेको हो ।

सो अबसरमा लुम्विनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले कामना सेवा विकास बैङ्कको क्यू आर कोड एशोसियसनका अध्यक्ष बावुलाल पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

 

साथै अध्यक्ष पाण्डे र बैकंका बुटवल कलस्टर प्रमुख खिमलाल भुषालले अन्य व्यवसायीहरुलाई सो कोड हस्तान्तरण गर्नुभयो । नेपालकै नमुना अटो भिलेज डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गदै कामना सेवा विकास बैकंलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

त्यस्तै क्यास लेस अवधारणालाई साकार पार्न कामना सेवा विकास बैकंले मैनावगरका ८२७ व्यवसायीलाई कोड वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करीव ५० व्यवसायीले क्यू आर कोड लिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया