प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार छैन : कांग्रेस नेता बालकृष्ण खाण

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाणले देश राजनीतिकरुपमा अनिर्णयको बन्दी बनेका बेला कांग्रेस पार्टी मौन बस्न नहुने बताएका छन् ।
राज्य टेलिभिजनले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता खाणले लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न नहुने बताए ।उनले देशलाई निकास दिन कांग्रेसले ठोस निर्णय गर्नुपर्ने बताउँदै कांग्रेस जनताको भावना बिपरित नजाने बताए ।खाणले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताउँदै संविधान माथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन नसक्ने समेत बताए ।

‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन् ।’ उनले भने ।उनले जनताको अधिकार र संविधान रक्षा सरकारको पहिलो दायित्वबाट सरकार चुकेको बताए । राणा तथा प्राचीन कालका शासकले पनि जनताको जीवन रक्षाका लागि जिम्मेवार हुने गरेको तर लोकतान्त्रिक प्रणालीमा पनि वर्तमान सरकार जनता र संविधानप्रती उत्तरदायी नरहेको आरोप लगाए ।राजनीतिक गतिरोध अन्त्यका लागि संविधान र लोकतन्त्रको रक्षा गर्ने दलसँग सहकार्य गर्ने खाणको भनाई छ ।

 
 
  
 

You may also like