हाम्रा कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीलाई सरकारमा पुगेपछि ठेगान लगाइन्छ : देउवा

धरान। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिइरहेको आरोप लगाएका छन् ।आज (मंगलबार) सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रि जातीय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै देउवाले नेपाल प्रहरीको आचरणविरुद्ध खुलेरै विरोध जनाए । देशभरका जनता कांग्रेस हुनेक्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेस किन भइस, भन्दै प्रश्न गर्ने, पक्राउ गर्ने अनाहकमा हिरासतमा राख्ने क्रम बढेको भन्दै देउवाले प्रहरीको आचरण सुधार गर्न आग्रह गरेका छन् ।

उनले अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपश्चात ठेगान लगाउने समेत चेतावनी दिए । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा पठाउन कार्यकर्तालाई निर्देशन दिए ।

केपी ओली नेतृत्वको सरकार नेकपा एमाले र माओवादी केन्द्रको बहुमत प्राप्त संयुक्त सरकार हो । यो सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएका कारण आफू कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने उनको भनाइ थियो । सरकारको विकल्पका बारेमा माओवादीले समर्थन फिर्ता लिएका खण्डमा मात्र कांग्रेसले आफ्नो धारण सार्वजनिक गर्ने देउवाले बताए ।

 

 
 
  
 

You may also like