चार्जमा लगाएर फिल्म हेर्दा मोबाइल पड्किएर किशोरीको गयो ज्यान

अछाम। चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार अछामको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर ज्यान गएको हो ।

मृतक नाथ स्थानीय कुन्ती माध्यमिक विद्यालय कक्षा–६ मा अध्ययनरत थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज (मंगलबार) ज्यान गएको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like