मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पारिवारिक सद्भाव बढ्ने छ । विद्वानहरूका साथमा घुलमिल हुने मौका मिल्नेछ । बन्द व्यापारमा बढावा होला । साथीबाट सहयोग पनि मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउन सक्छ । दिनको उत्तरार्धमा बढी खर्च होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मायाँ प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च नियन्त्रण भन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । सुख सुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । वैदेशिक कार्य राम्रो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । रमाईलो यात्रा पनि होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाक्चतुर्याईले संकल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । पठनपाठनमा प्रगति हुनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल