संविधान दिवसको अवसरमा बुटवलमा मूल समारोह सम्पन्न, संविधान जारी भएपछि देशमा तिव्र गतिमा विकास : मुख्यमन्त्रि पोखरेल

by समतल अनलाइन

ललित पाण्डेय
बुटवल। सविधानसभाबाट नयाँ संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ । सो अवसरमा प्रदेश ५ सरकारले बुटवल मण्डपमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा बिभिन्न जात जातीका भेष–भुषा सहितको झाँकी ,बाजा गाजा सहितको ¥याली प्रदर्शन गरिएको थियो । समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी कवाज प्रदर्शन गरेका थिए । प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको नँया संविधा न जारी भएपछि देशमा तिव्र गतिमा विकास भईरहेको दाबी गर्नुभयो ।

संविधानको सफलताका साथमा कार्यान्वयन भईरहेको उँहाले बताउँदै संबिधानबाट नेपाली जनताले अधिकार प्राप्त गरेको बताउँनु भएको छ ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका मुख्यमन्त्रि पोखरलले मौलिक अधिकारको कार्यान्वयको लागि कानून निर्माणले तिव्रता पाएको बताउँनुभयो । नँया सविधान जारी भएपछि देशमा तिव्रगतिमा विकास भएको उँहाले बताउँदै कूल ग्राहस्त उत्पादन बृद्धि यसको उदाहरण भएको प्रष्ट पार्नु भयो ।

संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको छ उँहाले भन्नुभयो यसलाई ब्यवहारमा लागू गर्नको लागि राज्यलाई बलियो बनाउँनु पर्नेमा जोड दिनुभयो । राज्य बलियो भयो भने जनता बलिया हुन्छन् त्यसैले जनताले राज्यलाई साथ दिनु पर्ने मुख्यमन्त्रि पोखरेलको भनाई छ । समाजमा विकास र समृद्धिको लागि सबैंले साझा संकल्प बन्नु पर्ने ।

नेपाली समाजमा परिवर्तन नचाहेकाले संघीयताको गलत भ्रम सिर्जना गरेको उँहाले बताउँदै संघीयताले नेपाली जनताले अधिकार पाएको दाबी गर्नुभयो । मुख्यमन्त्रि पोखरलले संघीयतामा पं्रशासनिक खर्च भएपनि यसले धेरै नेपालीलाई रोजगारी दिएको र जनताको खर्च घटाएर सुविधा प्रदान गरेको बताउँनुभयो ।

गत वर्ष प्रदेश ५ सरकारले कानून निर्माणलाई तिव्रता दिएको र आवाधिक योजना तर्जुमा गरेको उँहाले बताउँदै चालु आर्थिक वर्षमा संकल्प अठोटको वर्षको रुपमा लिएको बताउँनुभयो । यो चालु आर्थिक वर्षमा प्रदेशको तिव्रगतिमा विकास हुने पोखरेलले दाबी गर्नुभयो ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले कार्यक्रममा स्वागत मन्तब्य राख्दै देशमा राजनीतिक समस्या अन्त्य भएको र अब आर्थिक समृद्धिको दिशा तर्फ देश लम्किएको बताउँनुभयो । संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएकोले अधिकारको लडाई समाप्त भएको उँहाको भनाई छ । कार्यक्रममा ९६ वटा झाँँकीको सहभागिता रहेको मध्ये १० वटा समुहलाई नगद पुरस्कार प्रदान गरिएको थियो । तिलोत्तमा नेवा समुह प्रथम भई ४० हजार नगद पुरस्कार पाएको छ ।

 
 
  
 

You may also like