डिभोर्स माग्दै आएकी महिलाको हत्या, बल्खुमा बोरामा भेटियो शव

काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्ती एक महिलाको हत्या भएको छ ।
सोमबार साँझ बल्खु पुल नजिकैको बस्तीमा हत्या गरेर बोरामा पोको पारेको अवस्थामा सन्तोषी श्रेष्ठ सापकोटाको शव भेटिएको प्रहरीले जनाएको छ । जोरपाटी माइती भएकी ३३ वर्षीय सन्तोषी परिवारसँग बल्खुमा बस्दै आएकी थिइन् ।

उनी बस्ने घरको पछाडि पेटीबाट शव बरामद गरिएको छ । ह्यामरले हिर्काएर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका एक प्रहरी अधिकृतले जानकारी दिए । पति सन्तोष सापकोटासँग उनको पछिल्लो समय विवाद बढेको थियो । छिमेकीका अनुसार श्रीमानसँग उनले डिभोर्स मागेकी थिइन् ।

सन्तोषीका श्रीमान सन्तोष फरार छन् । सन्तोषका दम्पती, बुवा र कान्छो भाइ बल्खुमा बस्दै आएका छन् । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । बुवा भक्तपुरमा फर्निचर पुर्याउन गएको बेला दम्पतीबीच झगडा हुँदा सन्तोषले उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

 
 
  
 

You may also like