71
काठमाडौंं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ ।
फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ ।
सरकारसँग सहमति गरेर प्रतिबन्ध फुकुवा भएसँगै चन्दले भेटघाट तथा औपचारिक कार्यक्रमहरुमा सहभागिता बढाएका छन् ।