आमाको पुन्य तिथीमा भोजन भण्डारा

बुटवल ।। रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी दिपक खरेलले बुटवलको मानव सेवा आश्रममा एक दिने भोजन भण्डारा संचालन गरेका छन् ।
उनले आफ्नो आमाको ४५औ दिनको पुन्य तिथी पारेर दान गर्नु भन्दा पनि आवश्यक व्यत्तिलाई भोजन गराउनु पुण्यको काम भएको भन्दै भण्डारा संचालन गरेको बताए ।

स्व. आमा झविकला खरेलको स्वर्गलिन भएको ४५ औ दिनको पुण्य तिथी पारेर बुटलको मानव सेवा आश्रममा संरक्षित व्यक्तिहरुको लागी भोजन भण्डारा संचालन गरेको खरेलले ।

आश्रममा संरक्षित झण्डै २७० जना भन्दा बढी आश्रममा संरक्षितहरुलाई भोजन भण्डारा संचालन गर्न पाउदा आफुलाई अझ आमााले दान प्राप्त गरेको अनुभुति भएको उनले बताए । लियो क्लव अफ बुटवल खस्यौली युथका सचिव रहेका खरेल बुटवलमा संचालीत प्रायोरोटि एजुकेशनल कन्सलटेन्सी तथा डि.पी अटो कर्पका संचालक समेत हुन ।

 
 
  
 

You may also like