राष्ट्रपतिद्वारा संविधान दिवसकाे शुभकामना, कार्यान्वनमा इमान्दार र प्रभावकारी प्रयास गर्न आग्रह

by समतल अनलाइन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिइरहेको दावी गर्नुभएको छ ।

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।

उहाँले जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता भएको बताउनुभएको छ ।

‘नेपालकाे संविधानले संघीय लाेकतन्त्रिक गणतन्त्रलाई आत्सात गर्दै प्रेस स्वतन्त्रता, समावेशी लाेकतन्त्रलाई प्रत्यभुत गरेकाे छ’ जारी सन्देशमा उल्लेख छ ।

संविधान दिवसले ‘समृद्ध नेपाली, खुसी नेपाली’काे राष्ट्रिय संकल्प हासिल गर्न मन, बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्रप्त हुने उहाँकाे विश्वस छ । संविधानकाे मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आफ्नाेतर्फबाट इमान्दार र प्रभावकारी प्रयास गर्न आग्रह समेत गर्नुभएकाे छ ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले कल्पना गरेको समाजवाद उन्मुख व्यवस्थाले नेपालको समृद्धि र विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नारा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

 
 
  
 

You may also like