प्रधानमन्त्रीद्वारा संविधान दिवसकाे शुभकामना, मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको ठहर

by समतल अनलाइन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले संविधानले जनताको आशालाई जगाएको उल्लेख गर्नुभएको छ ।

उहाँले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले संविधान संशोधन आवश्यकताका आधारमा मात्र हुने पुनः दोहोर्‍याउँदै संविधानको मर्ममा रहेर समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्ने दोहोर्‍याउनुभएको छ ।

 
 
  
 

You may also like