बुटवल।रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको वार्षिक योजना अन्तरगत डिष्ट्रिक गभर्नर अफिस भिजिट सम्पन्न भएको छ । क्लबको वर्षभरि गरेका कार्यक्रमको समीक्षा र आगामी दिनमा गर्ने कार्यक्रमबारे छलफल समेत गरिएको छ ।
रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजिव पोखरेलले रोटरीको लक्ष्य अनुसार सामाजिक गतिविधिसंगै अन्तरक्रिया कार्यक्रम गरेर अन्य क्लबबाट फरक र नमुना काम भएको बताए । क्लबका डाईरेक्टरहरुको प्रतिवेदन प्रस्तुति पछि सुझाव दिदै डिजि पोखरेलले सबै सदस्यहरुको सक्रिय सहभागिता बढाउने गरि रणनितिक योजना बनाएर अघि बढ्न सुझाव दिए ।
क्लब एसेम्बली अन्तरगत क्लब एडमिनिष्ट्रेसन चेयर, मेम्बरसिप चेयर टिकाराम पाण्डे, सर्भिस प्रोजेक्ट चेयर, पब्लिक रिलेसन चेयर लगायतले प्रतिवेदन पेश गर्दै नया सदस्यलाई तालिम तथा अभिमुखिकरणका कार्यक्रम दिदै रोटरीलाई चिनाउने आफुहरु लागेको उनिहरुले बताए ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले रोटरीको मर्म र डिजिबाट निर्देशन अनुसार अघि बढ्ने प्रतिवद्घता जनाए।
जोन २१ का एजी हरि प्रसाद पौडेल, जोन १९ का एजी खिमानन्द भुषाल, क्लबका पुर्वअध्यक्ष बालकृष्ण अर्याल, नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, प्रसिडेन्ट इलेक्ट विष्णु प्रसाद चापागाई, क्लबका सदस्य भुवनसिह विश्वकर्मा, रोट्याक्ट क्लब अफ देवदहका अध्यक्ष अर्जुन गुरुङ, रोक्ट्याक्ट सुद्घोधनका अध्यक्ष महेन्द्र गौतमले सामाजिक कार्यमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए ।