सरकार र विप्लव समूहबीच एकै दिन दुई वार्ता, समान धारणा नजिक पुगेको दावी

काठमाडौं। सरकार र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत नेकपाबीच दोस्रो चरणको वार्ता पनि आजै सकिएको छ ।

आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेको टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता गरेका हुन् । दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा निकट पुगेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी गराएका छन् ।

‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता बिषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

 

 
 
  
 

You may also like