सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रीकेट एकेडेमी र लुम्बिनी बिजयी

by समतल अनलाइन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि १० नक आउट क्रीकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा तिलोत्तमा क्रीकेट एकेडेमी मणिग्राम बिजयी भएको छ । तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाइ ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूवात गरेको हो । सन्जिवनिले दिएको ८५ रनको लक्ष तिलोत्तमाले ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जितकालागी तिलोत्तमाका कृष्ण कार्किले सर्वाधिक ४३ रनको योगदान गरे । कार्की प्रतियोगिताको म्यान अफ द म्याछ समेत बनेका छन।

प्रतियोगिताको दोस्रो खेलमा परासी पल्टन अनुपस्थित भएपछी लुम्बिनी नव युवा क्लब वाक ओभरमा बिजयी भएको आयोजक तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए । यो संगै सन्जिवनी शिक्षा सदन र नवलपरासी पल्टन प्रतियोगिताबाट बाहिरिएका छन ।

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा बुटवल युथ क्लव र आर.आर. चिलिया बिच खेल हुनेछ भने दोस्रो खेलमा तिलोत्तमा वडा नम्बर १ र सैनामैना क्रीकेट क्लव भिड्ने आयोजकले जानकारी दिनुभयो ।

तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यता र तिलोत्तमा क्रिकेट बिकास समितिका सह सचिव मिलन भण्डारीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिन तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like