ट्राफिक समस्या र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

by समतल अनलाइन

निरु थापा
बुटवल । नेपाल रेडक्रश सोसाइटी बुटवल उपः शाखाको १५ औ बार्षिकत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।

बुटवल उपमहमनगरपालिका भित्र ट्ाफिक समस्या र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले नेपालमा टा्फिक समस्या कहलिलाग्दो अवस्था रहेको बताउदै यस्ता समस्याको समधान गर्नका लागि प्रदेश सरकारले विभिन्न ऐन, नियम बनाएको बताउनु भयो । बुटवलको ट्ाफिक समस्या र यसको समाधानमा प्रदेश सरकारले टिप्पर व्यवस्थापन, तिन पाङग्रे गाडी व्यवस्थापन, पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन र बढी मात्रमा आकाशे पुल निमार्ण गरे यस्ता समस्याहरु समाधान हुने बताउनु भयो ।

यस्तै चालक अनुमतिपत्र बाट धेरै कुराहरुको सुधार गर्नुपर्ने र सि सि टि बी को माध्यमबाट निगरानी गर्नुपर्नेमा जोड दिदै रुट , परमिट मा जोड दिन आग्रह गर्नु भयो । त्यस्तै अन्तरक्रिया कार्यक्रमका विशिष्ट अितिथ बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टंक प्रसाद पराजुलीले बुटवलको ट्ाफिक समस्या ठूलो चुनौतीको विषय भएको बताउदै समस्या समाधानमा विभिन्न प्रकृयाहरु सुरुवात गरेको बताउनु भयो । जनप्रतिनिधि आएसंगै पार्किङको समस्या समाधान गर्नेमा महव्वपूर्ण भूमिका खेलेको बताउदै ट्ाफिक समस्या समाधानमा नेपाल सरकारले स्थानीय निकायका जनप्रतिनिधिहरु लाई केही अधिकार दिए पनि त्यो वातावरण बनाउन नसकेको बताउदै कतिपय कानुन कार्यान्वयन गर्न कठिन भएको बताउनु भयो । सरकारका नीति नियम छन् ति नीति नियम लाई प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारसंग समन्वय हुन आवश्यक रहेको समेत बताउनु भयो ।

कार्यक्रममा बुटवल उपशाखाका सभापति वेन बहादुर पौडेल क्षेत्रीले ट्ाफिक समस्या समाधानका लागि विभिन्न शैक्षिक संस्थाहरु संगै अन्य सामाजिक संघसंस्थाहरुले सचेतनामूलक कार्यक्रमलाई गरे केही हदसम्म समस्या समाधान हुने बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा बुटवल उपशाखाका सभापति वेन बहादुर पौडेल क्षेत्रीको अध्यक्षता, लुम्विनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका मन्त्री वैजनाथ चौधरीको प्रमु आतिथ्यता, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टंक प्रसाद पराजुलीको विशिष्ट आतिथ्यता, प्रध्यापक लोकनाथ ज्ञवाली, उज्जवल कसजूको शुभकामना मन्तव्य अप्सरा उपाध्यायको आस्था पाठ, कृष्ण चौहान क्षेत्रीको कार्यपत्र प्रस्तुत र संस्थाका उप सभापति बिमल बहादुर शाक्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

 
 
  
 

You may also like