अदालतको निर्णय कसैको हार वा जितको विषय होइन् : सुवास नेम्बाङ

by समतल अनलाइन

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय कसैको हार वा जितको बिषय नभएको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सर्वोच्चको आदेशलाई स्वीकार गर्दे संसदको अधिवेशनको मिति समेत तय भइसकेको अवस्थामा यसलाई हार वा जितको बिषय बनाउन नहुने समेत बताए ।

उहाले केहिले प्रधानमन्त्रीको राजीनामाको कुरा उठाइरहेको भन्दै अहिले नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै बाध्यात्मक अवस्था नरहेको स्पष्ट पारे ।

नेम्वाङले संसद पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै ओलीले सवै प्रकारको प्रस्तावको सामना गर्ने जिकिर गरे ।

अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्था रहेको भन्दै उनले यसैका कारण प्रस्ताव नै ल्याउन डराएको होकी भन्ने अनुभूति भएको बताए ।

कार्यक्रममा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका कार्र्यसमिति सदस्यहरुलाई सथप ग्रहण गराइएको थियो ।

 

 
 
  
 

You may also like