थप ११२ जनामा कोरोना पुष्टि, २४ घण्टामा ४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ११२ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७३ हजार ९८४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९३६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार २७७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९४४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ५७ हजार ५८० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९३६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७७१ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like