मुख्यमन्त्री पोख्रेल द्धारा प्रदेश वासीलाई संविधान दिवसको शुभकामना

by समतल अनलाइन

नारायण वली
बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संविधान दिवसको शु–अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमा वुवा, दिदीवहिनी र दाजुभाईहरु प्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

 

मुख्यमन्त्री पोख्रेलले आज एक विज्ञप्ती जारी गर्दै यस ऐतिहासिक अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ््नो अमुल्य जीवन आहुती दिनु हुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको जनाउनु भएको छ ।

नेपाली जनताको एकताबद्ध र लामो संघर्ष बाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकका छोरा छोरीले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको भन्दै नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत्् रुपमा संस्थागत गरेको वताउनु भएको छ ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको वताउँदै मुख्यमन्त्री पोख्रेलले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्ने अभियानमा प्रदेश सरकार अघि बढेको जिकिर गर्नुभएको छ ।

संविधान दिवसलाई सिंगो मुलुकले नै उत्सवका रुपमा मनाई रहँदा प्रदेश नं. ५ ले पनि विभिन्न कार्यक्रमको आयोजना गरी उत्सवका रुपमा मनाउन लागिरहेको वताउनु भएको छ । ऐतिहासिक संविधानसभा वाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेको भन्दै आवश्यक कानुन निर्माण गर्दै शासन प्रणालीलाई स्थापित गर्ने महत्वपूर्ण काम भएको पुरा भएको जनाउनु भएको छ ।

समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेर समृद्ध प्रदेश निर्माणको अभियानमा अघि बढिरहेको वताउँदै संविधानले दिशानिर्देश गरेको बाटो वाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साँझा लक्ष्य रहेको स्पष्ट पार्नुभएको छ ।

यसैविच मुख्यमन्त्री पोख्रेलले संविधान दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यम वाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साँझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकहरुमा हार्दिक अपिल गर्नुभएको छ ।

 
 
  
 

You may also like