दुधराक्ष देवीस्थान खानेपानीे साधारण सभा सम्पन्न

by समतल अनलाइन

सैनामैना । प्रदेश सरकारको बजेटको ठुलो हिस्सा खानेपानीमा लगानी गर्दै आएको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा सत्तापक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनु भएको छ । आज सैनामैना ८ स्थित दुधराक्ष देवीस्थान खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै सो बताउनु भएको हो ।

केन्द प्रदेश र स्थानीय सरकारको समन्वयमा सैनामैनाको खानेपानी संस्थाहरुमा प्रयाप्त लगानी गर्दै आएको समेत प्रदेश सभा सदस्य ढकालले बताउनु भएको हो । “जनसंख्याको बृद्धिसंगै खानेपानीमा पनि सरकारको ध्यान पु¥याएको छ ।” सासंद ढकालले भन्नु भयो ।
सैनामैनाका सम्पुर्ण खानेपानी संस्थाहरुको सृद्धिकरणका लागि आवश्यक बजेट बिनियोजन गर्दै आएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।

सैनामैनामा तिव्र रुपमा बस्ती बिकास हुदै गएको अवस्थामा भबिस्यको जनधनत्वलाई समेत ध्यानमा राखेर खानेपानीको सम्पुर्ण समस्या समाधानका लागी सहरी खानेपानी आयोजना संचालन गर्न लागिएको समेत प्रमुख कार्कीले बताउनु भएको हो ।

खानेपानी जनताको मौलिक हक भएकोले खाने पानी उपलब्ध गराउनु सरकार र खानेपानी संस्थाको दायित्व भएको खानेपानी डिभिजन कार्यालयका प्रमुख राज कुमार चौधरीले बताउनु भएको छ । सैनामैनामा खानेपानीको अवस्था बिगतमा भन्दा धेरै फड्को मारेको बताउदै डिभिजन प्रमुख चौधरीले पानीको स्रोत जोगाउन आवश्यक योजना सबै खानेपानी संस्थाले गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु पाण्डेले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै भाबि योजना राख्नु भएको थियो ।

 
 
  
 

You may also like