आईपीएलमा बिकेनन् सन्दीप लामिछाने

by समतल अनलाइन

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन ।

तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।

आईपीएल २०१८ र २०१९ मा सन्दीपले कुल नौ खेल खेल्ने क्रममा १३ विकेट लिएका थिए । सो क्रममा ८.३४ प्रतिओभर रन खर्चेका छन् भने २२.४६ को औसत र १६.१५ को स्ट्राइक रेटले विकेट लिएका छन् ।

 

 
 
  
 

You may also like