४० औं वार्षिकोत्सबको पुर्वसन्ध्यामा लुम्बिनी वाणिज्य क्याम्पसमा रक्तदान

by समतल अनलाइन

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मा स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । क्याम्पसको आयोजना र युवा रेडक्रस सर्कल लुम्बिनि वाणिज्य क्याम्पसको सहकार्यमा क्याम्पसको ४० औं वार्षिकोत्सबको अवसरपारी रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

सो अवसरमा क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्यायले विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै र रगतको कमि नहोस् भन्ने हेतुका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

यस्तै कार्यक्रमका संयोजक पुष्कर भुसालले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए। कार्यक्रमको संचालन युवा रेडक्रस सर्कल लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष अध्यक्ष अशोक गौतमले गरेका थिए ।

 
 
  
 

You may also like