संविधान दिवस मनाउँन सुरु , दिवस राष्ट्रिय झण्डामय

by समतल अनलाइन

बुटवल।आजदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको छ । मुख्य कार्यक्रम ३ गते शुक्रबार भए पनि बिहीबारदेखि नै संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाउन सरकारले आह्वान गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।

‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको थियो । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज, भोलि र पर्सि घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले आह्वान गरेको छ ।

दिवसलाई भब्य रुपमा मनाउँनको लागि प्रदेश ५ को राजधानि बुटवलका सडकका बिच भागमा राष्ट्रिय भण्डा राखिएको छ
दिवशलाई भब्यताका साथ मनाउन प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा ९७ सदस्सीय समिति गठन गरिएको हो ।
घोषित कार्यक्रम अन्तर्गत आज असोज २ गते पहिलो दिन बुटवल क्षेत्रका बृहत्त रुपमा सरसफाई गरिएको छ ।

प्रदेशका सबै सरकारी कार्यालय, मुख्य चोकहरु र घरघरमा नेपाली झण्डा फहराउने, बिद्यालय स्तरिय कबिता बाचन, साँस्कृतिक कार्यक्रम, रक्तदान, बृक्षारोपण लगाएतका कार्यक्रमहरु गरिने प्रदेश सरकारले जानकारी दिएको छ । भोली ,३ गते बिभिन्न भेष–भुषा सहितको झाँकी,बाजा गाजा सहितको ¥याली प्रदर्शन गर्ने र बुटवल मण्डपमा बिशेष कार्यक्रम गर्ने तय भएको छ ।

असोज ४ गते सामाजिक विकास मन्त्रालयको अगुवाइमा बुटवल र भैरहवामा रक्तदान गर्ने,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको अगुवाइमा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like