कांग्रेस महाधिवेशन भदौं दोस्रो साता प्रस्ताव

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउँदो भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुने भएको छ । यद्यपि यो मितिमा १०–१५ दिन तलमाथि हुनसक्ने नेताहरुले जानकारी दिएका छन् ।

पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भए पनि सहमति हुन सकेको छैन ।

छलफलमा सहभागी एक नेताले भने, ‘उहाँहरुले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याउनु भएको छ । यसमा सहमति भइसकेको छैन । भोलिसम्म यसलाई टुंग्याउने सहमति भएको छ ।’ उनका अनुसार प्रस्तावित मिति १०–१५ दिन तलमाथि हुनसक्छ ।

 
 
  
 

You may also like