अलायन्स क्लव अफ कञ्चनले बिपन्न परिवारका बिधार्थीहरुलाई निशुल्क भर्ना

by समतल अनलाइन

कञ्चन। अलायन्स क्लव अफ कञ्चनले कञ्चनका ५ जना बिपन्न तथा जेहेन्दार बिधार्थीहरुलाई पुर्ण छात्रबृत्तिमा भर्ना अभिभावकत्व ग्रहण गरेको छ। बिधाकी देबी सरस्वती पुजाको अवसर पारेर कञ्चन ३ मा रहेको शिशु सदन आधारभुत बिधालयमा बिधार्थीहरुलाई निशुल्क रुपमा भर्ना गरी एक शैक्षिक सत्रका लागि पुर्ण छात्रबृत्तिमा अध्यापन गराउने गरी भर्ना गरेको हो ।

जेहेन्दार तथा बिपन्न परिवारका छात्र छात्राहरुलाई गरी अक्षराम्भ गराउदै कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले आर्थिक अभावका कारण पढ्नबाट बञ्चित हुने बिधार्थीहरुको अभिभावकत्व ग्रहण गरी कम्तिमा एक शैक्षिक सत्रकै लागि भएपनि पुर्ण छात्रबृत्तिमा पढाउन अलायन्स क्लव अफ कञ्चनले देखाएको अभिभावकत्वले ती बिपन्न बिधार्थीहरुको पढाइमा निरन्तरता प्राप्त गर्ने बिश्वास गर्नु भएको छ। उपाध्यक्ष तरामुले कञ्चनमा भएका हरेक संस्थाहरुले कम्तिमा एक जना बिपन्न परिवारका बिधार्थीहरुलाई निशुल्क रुपमा पढाउने जिम्मा लिने हो अधिकांश बालबालिकाहरु आर्थिकका कारण पढाईबाट बञ्चित हुनु नपर्ने बताउनु भयो ।

अलायन्स क्लवका संस्थापक अध्यक्ष सुमन सुबेदीले क्लवको मुख्य काम वाताबरण,स्वास्थ्य र सामाजिक क्षेत्रमा बिभिन्न चेतनामुलक कार्यक्रमहरु गरेर समाज रुपान्तरणको दिशामा अगाडी बढाउने र ती उद्धेश्यहरुलाई सफल बनाउन बिधालय तहमा आर्थिक अभावका कारण बिपन्न परिवारका जेहेन्दार बिधार्थीहरु पढ्नबाट बञ्चित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै क्लवले कञ्चनका ५ जना बिधार्थीहरुलाई अक्षर आरम्भको दिन पारेर बिधालयमा भर्ना गराई कम्तिमा एक बर्षको लागि भएपनि अभिभावकत्व ग्रहण गरिएको बताउनु भयो ।

 
 
  
 

You may also like