निरंकुश सरकारको कडा प्रतिकार गरौं : वरिष्ठ नेता पौडेल

by समतल अनलाइन

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निरंकुशतातर्फ लगिरहेकाले सबै मिलेर उनको कदमको प्रतिकार गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै नेता पौडेलले त्यसपछिका कदमहरुले यसलाई एकपछि अर्को गर्दै पुष्टि गर्दै गएको बताए ।

कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका भिडियो अपिल जारी गर्दै उनले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने उद्देश्यले संसद भंग भएको पुष्टि हुँदै गएको बताएका हुन् ।

संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै पौडेलले मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्न लोकतन्त्रवादीहरु सशक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताए ।

 
 
  
 

You may also like