२०७७ फागुन १ गते शनिबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । सफल यात्रा र आफन्तबाट सहयोग मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज उपहार पाईन सक्छ । आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ । नयाँ कार्यको योजना बन्ने छ, तर श्रृङ्गार तथा अनावश्यक खर्च पनि बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली विक्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहने छ । खानपिनमा विचार पुर्‍याउनु पर्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like