ओलीले मन्त्री बनाएका दुई जना फर्कदै छन् : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका दुई जना आफूहरुतिर फर्कनका लागि वार्ता गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले काठमाडौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनका पक्षमा कोही पनि नरहेको भन्दै ओली समूह छाड्नेको संख्या बढ्दै गएको बताए ।

‘प्रतिनिधि सभा विघटनको पक्षमा कोही पनि छैन, केपी ओलीलाई छोड्नेको लाम लाग्न थालेको छ’, प्रचण्डले भने, ‘दुई जना मन्त्री पनि फर्कंनका लागि मसँग वार्तामा छन् ।’

उनले दुई मन्त्री फर्कंने बताए पनि को हुन भनेर नाम भने बताएनन् । पूर्व माओवादी समूहबाट ओली मन्त्रिमण्डलमा रहेका गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री टोपबहादुर रायमाझी असन्तुष्ट बनिरहेको चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

 
 
  
 

You may also like