तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता शुरु

by समतल अनलाइन

सैनामैना । जनप्रिय स्पोर्टिंग युवा क्लव,सैनामैना ७ देवापार,रुपन्देहीको आयोजनामा शनिवार देखि तेश्रो सैनामैना मेयर कप २०७७ शुरु भएको छ। सैनामैना नगरपालिका र स्थानिय क्लव जनप्रिय स्पोर्टिंग युवा क्लवको संयुक्त साझेदारीमा संचालन भएको तेश्रो सैनामैना मेयर कपको शुभारम्भ सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गर्नु भएको हो ।

विजेताले २ लाख २२ हजार २ सय २ रुपैया नगद पुरस्कार,कप र मेडल पाउने प्रतियोगितामा बिभिन्न जिल्लाका १२ फुटवल क्लवहरुले सहभगिता जनाएको प्रतियोगितामा आयोजक जनप्रिय स्पोर्टिंग युवा क्लव र कपिलबस्तु जिल्ला फुटवल संघ बिचको उदघाटन खेलमा कपिलबस्तु जिल्ला फुटवल संघले आयोजक क्लव जनप्रिय स्पोर्टिंग युवा कलवलाई ८-० को गोल अन्तरले पराजित गरी अघिल्लो चरणमा प्रवेश गरेको छ ।
फागुन ४ गते सम्म संचालन हुने प्रतियोगिताको उदघाटन खेलमा भएको प्रतिस्पर्धामा कपिलबस्तु जिल्ला फुटवल संघका सन्दीप चौधरी म्यान अफ द म्याच भई नगद २ हजार रुपैया र मेडल प्राप्त गरेका छन।

खेलकुद विकासका लागि नगरपालिकाले सबैसंग सहकार्य गर्ने

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनौनाको खेलकुद बिकासका लागि सैनामैनाका हरेक संघसंस्थाहरुसंग निरन्तर सहकार्य गर्दै जाने बताउनु भएको छ। तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख कार्कीले ब्याडमिण्टन देखि लोप हुन लागेको आर्चरी (धनुषबाण) खेलको बिकास र सम्बद्र्धन गर्न नगरपालिकाले खेलकुद क्षेत्रमा आवस्यक बजेट व्यबस्थापन गर्ने बताउनु भएको छ। राष्ट्रियस्तरको रंगशाला निर्माण भैसकेपछि फरक खालको खेलग्रामको रुपमा सैननमैनालाई बिकास गरिने लक्ष्यका साथ नगरका बिभिन्न क्षेत्रहरुमा स साना खेलमैदान,कवर्ड हलहरुको निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडी सारिएको नगर प्रमुख कार्कीले बताउनु भएको छ।

सैनामैनामा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न निजी क्षेत्रबाट भइरहेको खेलकुद प्रतियोगिता र प्रशिक्षणले अवस्य पनि महत्वपुर्ण योगदान दिने कुरामा आफु बिस्वस्त रहेको बताउदै नगर प्रमुख कार्कीले मेयरकप प्रतियोगिताले नया तथा स्थानिय खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको खेलबाट अनुभव सिक्नुको साथै फुटवल खेलाडी उत्पादनमा सहयोग गर्ने उद्धेश्यका साथ स्थानिय क्लवसंग नगरपालिकाले सहकार्य गर्दै आएको बताउनु भएको छ।

कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद बिकास समितिका कार्यलय प्रमुख संगम सिंह थापा,अखिल नेपाल फुटवल संघ तथा नेपाल ओलम्पिक कमिटीका केन्द्रिय सदस्य दिर्घ बहादुर के.सी. नगर कार्यपालिका सदस्य देबी कार्की लगायतले बोल्नु भएको कार्यक्रममा जनप्रिय स्पोर्टिंग युवा क्लवका अध्यक्ष किशोर रानाको अध्यक्षता तथा क्लवका सचिव रोमनाथ न्यौपानेको संचालनमा तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता शुरु भएको हो ।

 
 
  
 

You may also like