मुठभेडको राजनीतिले नागरिक गरी खाने अधिकारबाट वञ्चित हुने खतरा बढ्यो : जबरा

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले मुठभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्चित हुने खतरा बढेको बताएका छन् ।

नेकपालाई जनताले दिएको बहुमतको म्यान्डेट स्वार्थमा रुपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ । ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने ।

उनले शनिबार ट्वीट गर्दै भनेका ‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्ने प्रश्न आम भएको देखिन्छ । जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ,’

प्रजातन्त्र जोगाउन निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था र हिन्दु राष्ट्रको बलियो आधार आवश्यक रहेको राप्रपाको ठहर छ ।

 
 
  
 

You may also like