नाराणयणहिटी दरबार अगाडि उभिएर प्रधानमन्त्रीले भने, ‘हेर्दै जानुस्, देश कता जान्छ’

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

आज (शुक्रबार) आफ्नो समूहले नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजना गरेको सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए ।
उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’ आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए ।

दुई–चार हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताएका छन् । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।

आलोचना गर्नेहरुलाई मन थाम्न गर्न आग्रह गर्दै ओलीले भने, ‘हेर्दै जानुस्, नेपाल कता जान्छ । नेपाललाई समाजवादउन्मुख हुनबाट, नेपाललाई सामाजिक न्यायसहित समानताको समृद्धिको देश बनाउनबाट कसैले रोक्न सक्दैन’, ओलीले भने ।

उनले ठूलोसभा आषेजना गरेर जनतालाई दुःख दिने मनसाय नभएको भन्दै क्षमा पनि मागे । ‘हामीले दुःख दिन खोजेको होइन । यो कास्टिङको रूपमा हो । काठमाडौंका सडकभरमा स्क्रिन राखेर सभा गर्नुपर्ने स्थित आउन सक्छ । १ गते बुटवलमा देखाउने छौँ । ८ गते विराटनगरमा अर्को सभा हुनेछ’ उनले भने । प्रधानमन्त्री ओलीले आजको सभामा काठमाडौंमा भएको अहिलेसम्मकै ठूलो सभा भएको जिकिर गरे ।

 

 
 
  
 

You may also like