अरुण नदीमा खसेको जीप भेटिएन, गोताखोर प्रहरी बोलाइयो (अपडेट)

by समतल अनलाइन

काठमाडौं । अरुण नदीमा खसेको जीप नभेटिएपछि खोजीको लागि गोताखोर प्रहरी बोलाइने भएको छ । दुर्घटना लगत्तै देखि आज बिहान सम्म प्रहरीले खाेजी गर्दा पनि जीप नभेटिएकाले गोताखोर प्रहरी बोलाउनु परेको संखुवासभाका डिएसपी मिम लामाले बाताए ।

दुईजना बिरामी सहित ६ जना सवार रहेको को १ ज ३७४९ जीप खाँदबारीबाट धरान जाँदै गर्दा राति १० बजे अरुण नदीमा खसेको थियो । निरन्तरको वर्षाका कारण सडक हिलाम्मे भएका कारण जीप खोलामा झरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जीपमा रहेका चालक खाँदबारी नगरपालिका–९ सन्तोष बिक, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्ष श्रेष्ठ, (दुई महिने बालक) समीर श्रेष्ठ , प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर बेपत्ता रहेका छन् ।

जीप संखुवासभाको धर्मदेवीनगरपालिका–८ अक्करको भीरबाट अरुण नदीमा खसेको थियो ।

 
 
  
 

You may also like