२१ सय वर्ष अगाडिको ‘आइफोन’ जस्ताे वस्तु फेला

by समतल अनलाइन

एजेन्सी । मोबाइल फोन आविष्कार भएकै धेरै वर्ष भएको छैन । तर, रुसमा हालै पुरातत्वविद्हरुले एक कंकालसँगै २१ सय वर्ष अगाडिको मोबाइल फोन जस्तै वस्तु फेला पारेका छन् ।

हालै रुसको तुवामा पुरातत्वविदहरुले २१ सय ३७ वर्ष पूरानो मानव कंकाल फेला पारेका छन् । साे कंकालसँगै अहिलेको आइफोनजस्तै आकारको देखिने एउटा वस्तु पनि फेला परेको छ । बाहिरी आकार हेर्दा आइफोन जस्तै देखिने यो वस्तु के हाे भन्ने बारे यकिन चाहिँ भइसकेकाे छैन ।

मोबाइल आकारको यो वस्तु भेटिएसँगै मानिसहरुले २१ सय वर्षअघि पनि मोबाइल फोन प्रयोग गर्दथे त भन्ने प्रश्न उठ्न थालेको छ ? यो वस्तु पत्थरकै एउटा हिस्सा भएको र यसमा कैयन् बहुमुल्य पत्थरहरु समेत जडित भएको बताइएको छ ।

 
 
  
 

You may also like