नेपाली चेलीहरुको दुख पिडालाइ चित्रण गरिएको “मुना” सार्वजनिक ( भिडियो )

by समतल अनलाइन

बुटवल ।नेपाल कहिलै पनि कसैको अधिनमा रहेन, सधै स्वाभिमान राष्ट्र भएता पनि शिक्षा, जनचेतना तथा आर्थिक अभावका कारण यहाँका युवाहरु सधै विदेशिन बाध्य छन्।जोजास क्रिएशन प्रा लि को निर्माण तथा प्रस्तुति रहेको कमला अधिकारीको “मुना” सामाजिक बिषयवस्तुमा आधारित नयाँ गितिकथा शनिबार भएको छ।

मुना एउटा यस्तो गीतिकथा हो जहाँ हजारौ नेपाली चेलीहरुको दुस्ख पिडालाइ चित्रण गरिएको छ। यहाँ यस्ता हजारौ विदेशिएकाका युवाहरु छन्, कोही युवाहरु आफ्नो उद्धेश्य पूरागरी फर्कन्छन ,कोहि बाकसमा फर्कन्छन त कोही विदेशमै बेपत्ता हुन्छन। मुनामा समाजका यिनै घटनाक्रमलाई उतार्ने कोशिश गरिएको छ।स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई बिष्णु भट्टराईले निर्देशन गरेका हुन् । कमला अधिकारीको शब्द तथा लय रहेको मुना एक गरिब परिवारमा हुर्किएकी दुर्गम गाउकी बच्चाले आफु र आफ्नो आमाले भोगेका पिडाहरुलाई समेटेको समग्र जीवन वृतान्त हो।

पुष्पा न्यौपाने,गणेश अधिकारी ,र अंशु खनालको मुख्य अभिनय रहेको मुनामा अन्य कलाकारको पनि रोचक प्रस्तुति रहेको छ। मुनाको जोडदार अभिनय गरेकी पुष्पा न्यौपाने मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत कानुनकी विधार्थी हुन् भने गणेश भट्टराई कयौं नेपाली चलचित्रमा अभिनय गरिसकेका कलाकार हुन्। बालकलाकार अंशु खनालको प्रस्तुति पनि ले दृश्य निर्माण गर्दा उपस्थित दर्शकहरुलाई रुवाएको थियो।

मुनामा स्वर दिएकी गायिका कमला अधिकारी सरकारी विद्यालयकी शिक्षिका हुन्। विभिन्न पत्रपत्रिका तथा अनलाइनमा निरन्तर लेख प्रकाशित गरिरहन्छिन ।मधुर स्वरकी धनी कमलाको गायन क्षेत्रको यो पहिलो प्रयास हो। स्वामी ध्यान गगनको कथा तथा परिकल्पनामा आधारित मुना पुरा पुस्तकको रुपमा छिट्टै बजारमा आउने छ। जसलाई कमला अधिकारीले नै लेख्ने छिन। मेरो यो पहिलो प्रयास हो, मेरो सपना पुरा भएको छ, जसरी शिक्षाले बुद्धिको विकास गर्छ त्यसरी नै कलाले हृदयको विकास गर्छ गायक कमलाले लुम्बिनी जागरणलाइ बताइन।

नेपालमा मुना हजारौ चेलीहरु छन् जसले आफ्नो श्रीमानको वियोगमा सहेर पनि घरपरिवार जिम्मेवारी निर्भाह गर्छन, यो ति नारीहरुको जीवन गाथाको हो। यो कथाले बिदेशमा रहेका युवाहरुलाई स्वदेशमा फर्कन प्रेरणा दिन्छ, साथै नेपाल फर्कने अभियान लाइ सहयोग गर्ने र नेपाली आमाहरुले छोराको न्यानोमाया, पत्नीले पतिको साथ र छोराछोरीले बाबुको अभिभाकत्व बन्चित हुन् नपरोस भनेर यो गीत नेपाली समाजमा ल्याएका हौ जोजास क्रिएसनकी ब्यबस्थापक संगीता पंगेनीले लुम्बिनी जागरणलाई बताइन।

भिडियो :

 
 
  
 

You may also like