फागुन ८ गतेदेखि प्रथम सुनिल ढुंगाना स्मृति टि-१० नकआउट क्रिकेट प्रतियोगिता हुने

by समतल अनलाइन

बुटवल ।तिलोत्तमामा फागुन ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको छ ।  तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा प्रथम सुनिल ढुंगाना स्मृति खुल्ला टि-१० नकआउट क्रिकेट प्रतियोगिता हुन लागेको हो ।क्लवका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता  तिलोत्तमामा अवस्थित नव जीवन खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।

सर्बोत्तम सिमेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा देशभरका टिमको सहभागिता रहने आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले जानकारी गराए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरि  विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५-५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । टिम दर्ताका आगामी फागुन ५ गतेसम्म गर्न पाउने छन् भने दर्ता शुल्क १० हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट स्वर्गीय ढुङ्गानाको नाममा अक्षकोष स्थापना गरि तिलोत्तमा भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । पहिलो वर्ष प्रतियोगिताबाट ५० हजार तथा अन्य स्रोतबाट ५० हजार गरि लाख रुपैयाँको अक्षकोष स्थापना गरिने र आगामी ४ वर्षभित्र कोषको रकम ५ लाख रुपैयाँ पुर्याइने भएको हो ।

जिल्ला खेलकुद विकास समितिका संगम थापा, नगर खेलकुद विकास समितिका राजेन्द्र गुरुङ तथा राष्ट्रिय कोच शंकर रानाले कार्यक्रम सफलताको कामना गरे । प्रतियोगिता आयोजनाका लागि साढे ८ लाख खर्च अनुमान गरिएको छ ।

 
 
  
 

You may also like