प्रधानमन्त्री केपी ओली होइन, कीर्तेप्रसाद ओली भइसके : गगन थापा

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको नाम खड्कप्रसाद ओली नभई कीर्तेप्रसाद ओली भइसकेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस महाँकाल कार्यपालिकाले गोटीखेल ललितपुरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले एकपछि अर्को गर्दै कीर्ते काम गरेको बताएका छन् ।

‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो’, थापाले भने । उनले राष्ट्रपति भण्डारीले पनि मन्त्रिपरिषदको सिफारिसमा धारा थपेर कीर्ते काम गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहलाई हेप्दा हेप्दै प्रधानमन्त्री ओली संविधानलाई नै हेप्ने अवस्थामा पुगेको बताए । उनले ओलीबाट अलगिएका प्रचण्ड–नेपाल समूहप्रति आफ्नो सहानुभूति रहेको बताए । उनले ओलीलाई अहिलेको अवस्थामा ल्याउन प्रचण्ड–नेपालको पनि भूमिका रहेको बताएका छन् ।

 

 
 
  
 

You may also like