२०७७ माघ १ गते बिहीबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । प्रेमीको सहयोग मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनु पर्नेछ । परिवारिक समस्या पनि बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मानसिक चिन्ता बढे पनि श्रमको उचित मुल्याङ्कन हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलै होला । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामान हराउने वा चोरी हुने भय छ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । आत्मबल बढाएर काम गरेमा लाभ मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साना तिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्ने छ । विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सांस्कृतिक क्षेत्रबाट सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सौन्दर्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आत्मविश्वास बढ्ने छ । सामाजिक कामको दायित्व बढ्ने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आस्था बढ्ने छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like