सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा जाजरकोटको कालिमाटी बजारमा

by समतल अनलाइन

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोट जिल्लाको कालिमाटी बजारमा बैंकिङ सेवा विस्तार गरेको छ। बैंकले आइतबारबाट १०७ओैँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो।

उक्त सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायतका सेवाहरु दिने लक्ष्य राखिएको छ। यो बैंकको १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाइहरु छन्।

 
 
  
 

You may also like