आर्दश महिला धार्मिक समुह बुटवलको १४ औँ साधारण सभा सम्पन्न

by समतल अनलाइन
  • निरु थापा

बुटवल । आर्दश महिला धार्मिक समुह बुटवलले १४ औँ बार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थिीत रहेको संस्थाको सभाहलमा भएको कार्यक्र्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टंक प्रसाद पराजुलीले आर्दश महिला धार्मिक समुहले गरेका कामहरु सह्रानीय भएको बताउदै संस्थाको भौतिक संरचना निमार्ण देखि अन्य महव्वपूर्ण कामहरु गर्दा आफनो व्यक्तिगत देखि वडा बाट गर्न सक्ने संहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै उहाँले मानव जीवनमा आत्मशान्ति अति महव्वपूर्ण पाटो रहेको हुदाँ समाजमा रहेको विकृति विसङगती न्युनीकरण गर्नका लागि विभिन्न कार्यक्रम मार्फत मर्यादित र संस्कारिक समाज निमार्णमा ठूलो संहयोग गरेको बताउनु भएको छ । आगामी दिनमा यस संस्थाले कोभिड १९ सम्बन्धी सचेतनामुलक कार्यक्रम र समितिमा सदस्यहरुको वर्गीकरण गर्न सुझाव दिनु भयो ।

त्यस्तै संस्थाका अध्यक्ष अम्विका पौडेल क्षेत्रीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गदै कोभिड १९ को जोखिम कायम रहेको हुदाँ सामाजिक दुरी कायम गरी कार्यक्रमको आयोजना गरेको बताउदै संस्थाका सम्पूर्ण सदस्यहरु को साथ , संहयोगले गर्दा नै संस्था यो स्थान सम्म आएको बताउदै संहयोगी सम्पूर्ण प्रति विशेष धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनहरु पनि भौतिक निमार्णका कामहरु सम्पन्न गर्न विभिन्न आर्थिक स्रोत जुटाउन विभिन्न माध्यमा जाने र कोभिड १९ को जोखिमका रोकिएको योगा लाई अगामी दिनमा सुचारु गर्ने बताउनु भयो।

१४ औ साधारण सभामा रिक्त रहेको सदस्य पदमा समाजिक व्यक्तिव्व पुष्पा ढकाललाई मनोनित गरिएको छ । सोही अवसरमा संस्थाको मर्मत सम्भारका लागि मनोनित सदस्य पुष्पा ढकालले आफनो जन्मदिनको अवसर रु ५०५१ रुपियाँ संहयोग गर्नु भयो छ त्यस्तै कविता ढकालले पनि रु ५१०० भौतिक संरचना निमार्णको लागि संहयोग गर्नुभएको छ । १४ औ साधारण सभामा प्रमुख अतिथि टंक प्रसाद पराजुली, विशिष्ट अतिथि हिमलाल ज्ञवाली, , राजेन्द्र बहादुर कुवंर र पत्रकार निरु थापालाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष अम्विका पौडेल क्षेत्रिको  अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टंक प्रसाद पराजुलीको प्रमुख आतिथ्यता, समाजसेवी हिमलाल ज्ञवालीको विशिष्ट आतिथ्यता, सल्लाकार राधिका सिग्देल , राजेन्द्र बहादुर कंवर , पत्रकार निरु थापा , अनुपमा पन्थी, को शुभकामना मन्तव्य , संस्था वरिष्ठ उपाध्यक्ष मिना घिमिरे को स्वागत , र सदस्य माया के . सी को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like