सैनामैनामा तरकारी तथा फलफूल खेती तालिम सुरु

by समतल अनलाइन

सैनामैना । कृषकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सैनामैना नगरपालिकामा आजदेखि दुइ दिने तरकारी तथा फलफूल खेती तालिम सुरु भएको छ । कोभिड – १९ उद्धार सामाजिक– आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत सेतो गुराँस बाल बिकास सेवाको आयोजना तथा युएनडिपि र सैनामैना नगरपालिकाको आर्थिक साझेदारीमा तालिम सुरु भएको हो ।

तालिममा कृषकहरुलाई बहुतल्ले खेतीपद्धतिको परिचय ,जानकारी तथा महत्वहरु , फलफूल उत्पादन तथा व्यवस्थापन , समस्या पहिचान , प्राविधिक ब्यवस्थापन तथा जानकारी र बेमौसमी तथा मौसमी तरकारी खेति पद्धति, रोग तथा किरा ब्यवस्थापन आदिका बारेमा तालिम दिइने छ ।
तालिमको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसका बालि रोग बिज्ञान उप– प्राध्यापक राजन पौडेल र कृषि तथा पशु बिज्ञान अध्यन संस्थान पक्लिहवा क्याम्पसका बागबानि उप –प्राध्यापक रुकमागत पाठकले सहजिकरण गर्नुहुनेछ ।

तालिमको उद्घाटन गर्दै वडा नं. ७ का वडाध्यक्ष डिलाराम बेल्बासेले बिदेशबाट फर्किएका तर कृषि गर्न चाहने कृषकहरु एवम् बहुतल्ले कृषि गरिरहेका कृषकहरुका लागि लक्षित गरी तालिम सञ्चालन गरिएकोे बताउनुभयो । वडा नं. ७ मा भएको उक्त कार्यक्रममा ३० जना कृषकहरुको सहभागिता रहेको छ । कार्यक्रम सेतो गुराँसका बाल बिकास सेवाका प्राविधिक बिनोद बिश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

 
 
  
 

You may also like