प्रधानमन्त्रीको प्रतिप्रश्न : महाराजधिराज जस्तो एक्टिभ राष्ट्रपति चाहिएको हो ?

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) को राष्ट्रियसभा वैठकमा बोल्दै महाराजधिराज जस्तो एक्टिभ राष्ट्रपति चाहिएको हो ? भन्दै प्रतिप्रश्न गरेका छन् ।

राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले राष्ट्रपतिलाई महाराज मान्नुपर्ने भन्दै उठाएको प्रश्नको जवाफमा ओलीले राष्ट्रपतिको काम प्रधानमन्त्रीले गरेको सिफारिसमा लाहाछाप लगाउने भएको बताए ।

‘प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहाछाप लगाउने हिसाबमा सेरमोनियल राष्ट्रपति राखेका छौं । के एक्टिभ राष्ट्रपति चाहियो हामीलाई ? प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने आफ्नै ढंगले राष्ट्रपति चाहियो हामीलाई ? महाराजधिराज जस्तो हुकुमी तामेल गर्ने राष्ट्रपति चाहियो हामीलाई, ओलीको प्रश्न थियो ।

सम्मानित संस्थाको रुपमा मर्यादाअनुसार चल्ने राष्ट्रपति चाहिएको बताए । राष्ट्रपतिप्रति पुरातनपन्थी सोचका मान्छेहरु, दलीय संकीर्णतको हिसाबले राष्ट्रपतिमाथि हिलो छाप्ने बताए ।

 
 
  
 

You may also like