थप २५९ जनामा कोरोना पुष्टि, २४ घण्टामा ५ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २५९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख ६४ हजार ७८० संक्रमित पुगेका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५८ हजार ४४१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३९९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ८२ हजार २४६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २५७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ४ हजार ४२२ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९१७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like