प्रतिनिधि सभा कुनै हालतमा पुनर्स्थापना हुँदैन, वैशाखमा चुनाव हुन्छ : प्रधानमन्त्री

by समतल अनलाइन

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाः कुनै पनि हालतमा पुनर्स्थापना नहुने ठोकुवा गरेका छन् । शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए ।

उनले आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको भन्दै कुनै पनि हलतमा पुनःस्थापना नहुने दावी गरेका हुन् ।
‘६४ प्रतिशतको प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दिएनन् । त्यसैले ताजा जनादेशमा जनाका लागि प्रतिनिधिसभा विघटन गरेको हुँ,’, उनले भने, ‘अब प्रतिनिधि सभा पुनर्स्थापना हुने अर्को विकल्प छैन । अर्को विकल्प भनेको चुनावपछि आउने प्रतिनिधि सभा नै हाे ।’

उनले निर्वाचनका लागि वैशाख १७ र २७ गरी दुई वटा मिति घोषणा भइसकेको बताउँदै सोही मितिमा चुनाव गराउनका लागि निर्वाचन आयोग तयारीमा लागिसकेको जानकारी दिए । ‘चुनावका लागि वैशाखमा दुई मिति घोषणा गरिएको छ, १७ र २७ सोही मितिका चुनाव गराउने तयारीमा निर्वाचन आयोग लागिसेको छ’, उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, चुनाव हुन्छ ।’

‘खराब तत्वहरुलाई तलैबाट हत लगाउनुहोस्, माथि गए भने तिनले फेरि समस्या पार्छन, दुःख दिन्छन्’, उनले भने, ‘तिनीहरुलाई तह लगाउनु भनेको भोट नहाल्नु हो, मत नदिनु हो, नदिनुहोस् ।’

 

 
 
  
 

You may also like