थप ५५४ जनामा कोरोना पुष्टि, २४ घण्टामा ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ५५४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख ६४ हजार १५९ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५८५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५७ हजार २२९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.३ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २६९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ७४ हजार ५६१ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३३८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ५ हजार २१ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९०९ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like