नेकपा एकता जोगाउने सम्भावना अझै जीवित छ – वामदेव गौतम

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताउँदै अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ छ । गौतमले संगठित रूपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।

गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौं हजार नेता–कार्यकर्ता आफूसँग रहेको दाबी पनि गरे । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like