कोभिडका कारण विकास–निर्माण ओझेलमा परे : मन्त्री ढकाल

by समतल अनलाइन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माणलगायतका कामहरू ओझेलमा परेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण, पर्यटनलगायतका क्षेत्रका कार्यक्रमहरू कार्यान्वन गर्न नसकिएको बताए ।

सरकारले पर्यटन जीवनलाई माथि उकास्न आगामी दिनमा गर्न सक्ने कार्यहरूलाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजाने मन्त्री ढकालले बताए । उनले पछिल्लो समय बेलायतबाट फैलिएको कोरोना संक्रमणको नयाँ स्वरुपका कारण केही देशबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरिएको समेत बताए ।

 
 
  
 

You may also like