हिउँदे अधिवेशनको तयारी पूरा, राष्ट्रियसभाका सांसदहरुको आज कोरोना परीक्षण गरिंदै

by समतल अनलाइन

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुको आज (बिहीबार) कोरोना परिक्षण गरिंदैछ । भोलि (शुक्रबार) देखि हिउँदे अधिवेशन शुरु हुने भएकाले आज सबै सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

उनले अधिवेशनका लागि स्वास्थ्य सावधानीका मापदण्डलगायत अन्य सबै तयारी पूरा भईसकेको समेत जानकारी दिए । यो अधिवेशन लामो समयसम्म लैजान नसकिने तिमिल्सिनाले बताएका छन् ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा बिलहरु दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेको भन्दै उनले सरकारी बिजनेश विना अधिवेशन लामो समय लैजान नसकिने बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड र उच्च सतर्कता अपनाएर बैठकमा उपस्थित हुन राष्ट्रियसभाका सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।

 
 
  
 

You may also like